गृहपृष्ठ Featured दाङमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ

दाङमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ

दाङ ।

जुवा खेलेको आरोपमा तुलसीपुरबाट पाँच जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरस्थित शान्ति कर्मकोट सामुदायिक वनमा मंगलबार जुवा खेलिरहेको अवस्थामा नगद्सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।

पक्राउ पर्नेमा घोराही उपमहनगरपालिका–२ का ३३ वर्षीय जीवराज रावत, घोराही–९ का ३७ वर्षीय केशव शाह, घोराही–१३ का ३० वर्षीय सूर्य बोहोरा, बंगलाचुली गाउँपालिका–३ का ३० वर्षीय केदार परियार र परिवर्तन गाउँपालिका–२, रोल्पाका २८ वर्षीय हिमाल वली छन् ।

उनीहरुको साथबाट ७० हजार १ सय १० रुपैयाँ नगद पनि बरामद भएको डीएसपी थापाले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार