कपिलवस्तुको विजयनगर गाउँपालिका- १ बनखेतमा तेस्रो खुला पुरुष भलिबल तथा कालरात्री मेला सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा थापा मगरले सो कार्यक्रमको उद्द्घाटन गर्नुभएको हो ।

प्रगतिशील युवा क्लबले बिजया दशमीको पावन अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद आवस्यक रहेको बताउनुभयो । खेलकुद कार्यक्रमले हाम्रो शरीर र मनमतिष्क स्वस्थ्य रहने बताउनुभयो ।यस कार्यक्रममा कसैलाई पनि कुनै किसिमको चोटपटक नलागोस र सम्यमित भएर खेल्न आग्रह गर्नुभएको थियो । कार्यक्रम सभ्य र भब्य कामना सहित बिजया दशमिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेका बिजयनगर गाउँकमिटि अध्यक्ष थर्क बहादुर खन्गाहाले यसखेलकुद कार्यक्रमले आपसी भाईचारा र समाजिक सद्भाव कायम रहने बताउन बताउनुभयो । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित बिजयनगर गाउँपालिका वडा न।१ बनखेत खेलकुद तथा सास्कृतिक कार्यक्रमले चिनिएको बताउनुभयो।
कार्यक्रम संचालन प्रगतिशिल युवाक्लबका सदस्य तथा शिक्षक तुल बहादुर सारुले गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील युवा क्लबका सदस्य रेम सिन्जालिले राख्नुभएको हो भने कार्यक्रमको अध्यक्षता प्रगतिशील युवा क्लबका अध्यक्ष अभिषेक रानाले गर्नुभको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि,खेलप्रेमी, खेलाडी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यस्तै बिहीवार २४ गते कालरात्री मेला साझा ६ बजेदेखि लाग्ने प्रगतिशील युवा क्लबका अध्यक्ष अभिषेक रानाले बताउनुभयो । कार्यक्रममा झाकी,सस्कृती झल्काउने नृत्य तथा स्थानिय कलाकरको प्रस्तुति रहने रानाले बताउनुभयो ।








