गृहपृष्ठ Featured ससुराली गएका एक जनाको नदीले बगाएर ज्यान गयो

ससुराली गएका एक जनाको नदीले बगाएर ज्यान गयो

प्रकाशित मिति:

तनहुँ ।

तनहुँको व्यास नगरपालिका – ६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज एक जनाको ज्यान गएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको नदीले बगाएर ज्यान गएको हो ।

नदीले बगाएको ठाउँबाट एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । दशैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।

 

सम्बन्धित् समाचार