गृहपृष्ठ Featured बर्दियामा खेतमा काम गरिरहेका पुरूषमाथि गोली प्रहार

बर्दियामा खेतमा काम गरिरहेका पुरूषमाथि गोली प्रहार

बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक (फरेष्टरले) गोली हानेको बताएका छन्।

ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पुर्‍याएका थिए। अस्पताल लगिएपछि मात्रै प्रहरीलाई घटनाबारे थाहा भएको डिएसपी मगरले बताए।

लोधलाई गोली लागेको सूचनापछि प्रहरीले अस्पताल पुगेर घटनाबारे बुझेको थियो।

घाइते लोधलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नरसिङ होम बाँकेमा रेफर गरी उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको डिएसपी लोधले जानकारी दिए।

सम्बन्धित् समाचार