गृहपृष्ठ Featured पाल्पाको तानसेनमा एक चितुवा मृत फेला

पाल्पाको तानसेनमा एक चितुवा मृत फेला

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ ।

चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।

डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा मृत फेला परेको चितुवा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको छ ।

उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।

सम्बन्धित् समाचार