वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ठगीका घटनाहरु बढेको भन्दै सचेत हुन अपिल गरिएको छ । पालिका अध्यक्ष कमलेश शरण चौधरीले मंगलबार एक सुचना जारी गर्दै अन्जान व्यक्तिहरुबाट सचेत रहन तथा यस्ता व्यक्ति सम्पर्कमा आएमा वा कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गर्नुभएको छ ।
भारतका २ जना महिलाहरुले पालिकाका विभिन्न गाउँमा पग्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको घटनाहरु बाहिरिएकाले सचेतनाका लागी सुचना जारी गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
‘शुद्धोधन गाउँपालिका अन्तर्गतका कुनै कुनै गाउँमा भारतको अज्ञात ठेगाना भएका दुई जना महिलाहरु गाउँको घरमा कोही पुरुष नभएको मौका छोपी महिला गृहणीहरुलाई नगद तथा जिन्सी सामानको खरिद बिकी दोब्बर फर्काउने भनी प्रलोभनमा पारी लाखौंको ठगी गरि फरार हुने जस्ता घटनाहरु समुदायबाट सुन्नमा आएकोले शुद्धोधन गा.पा.का आम नागरिकहरुलाई यस्ता अन्जान व्यक्तिहरुबाट सचेत रहन तथा यस्ता व्यक्ति सम्पर्कमा आएमा वा कतै देखिएमा नजिकको प्रहरीमा खबर गर्नुहुनको साथै आफनो धनमालको सुरक्षागर्न हार्दिक अपिलका साथ यो सूचना प्रसारित गरिएको छ ।’ उक्त सुचनामा भनिएको छ ।