गृहपृष्ठ Featured पुरातात्त्विक सम्पदाको संरक्षण र विकासलाई प्राथमिकता : मुख्यमन्त्री आचार्य

पुरातात्त्विक सम्पदाको संरक्षण र विकासलाई प्राथमिकता : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

बुटवल  ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका छन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका–८ मा रहेको रागामारे मन्दिर र  वडा नम्बर ३ मा रहेको मालारानी मन्दिरको दर्शन गरेका हुन् ।

उनले लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको बताए ।

लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरूलाई जोड्ने गरी योजनाअनुसार काम भइरहेको बताउँदै सरकारले सम्पदाको संरक्षण गर्नको लागि कुनै कमजोरी नराख्ने बताए ।

सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरूलाई प्रदेश सरकारले समान महत्त्व दिएको प्रस्ट पार्दै समुदायको साथ, सहयोग र सहकार्यबाट संरक्षण, संवर्द्धनका कामहरू हुने बताए ।

प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौँ लुम्बिनी’ को नारासहित लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूका पुर्‍याउने योजना अघि सारिएको छ ।

सम्बन्धित् समाचार