गृहपृष्ठ Featured सातै प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

सातै प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

प्रकाशित मिति:

सातै प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, बुधबार राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित् समाचार