गृहपृष्ठ Featured भैरहवामा जजिराले २४ कात्तिकदेखि साताको ३ दिन नियमित उडान गर्ने

भैरहवामा जजिराले २४ कात्तिकदेखि साताको ३ दिन नियमित उडान गर्ने

काठमाडौं ।

जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ ।

२४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको जनाएको छ ।

कम्पनीका अनुसार कुवेतबाट जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएको छ । जजिराले भैरहवामा यसअघि पनि नियमित उडान गरिसकेको छ ।

सम्बन्धित् समाचार