गृहपृष्ठ Featured आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं ।

बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको बताए ।

महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएकाे थियाे ।

उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

सम्बन्धित् समाचार