गृहपृष्ठ Featured कपिलवस्तु : बसमा एक्कासी ३ लाख र सुनका गहना भेटिएपछि…

कपिलवस्तु : बसमा एक्कासी ३ लाख र सुनका गहना भेटिएपछि…

काँकडभिट्टाबाट कपिलवस्तुको चन्द्रौटा आउने क्रममा बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुन सहितको सामान प्रहरीले सम्बन्धित महिलालाई बुझाएको छ।

गुल्मी चन्द्रकोट नगरपालिका-८ बस्ने झबिन्द्र बहादुर सुवेदीको श्रीमती प्रियङ्का थापा सुवेदीले गत असोज ३० गते बसमा यात्राका क्रममा नगद सुनको औँठी, सहित विभिन्न सामान रहेको झोला बस मै छुटेको थियो।

कार्तिक १ गते कपिलवस्तुको चन्द्रौटा आए पछि प्रियङ्कालाई आफ्नो झोला छुटेका थाहा पाए पछि उनले वडा प्रहरी कार्यालय चन्द्रौटालाई त्यस बारे जानकारी गराएकी थिइन।

प्रहरीले अनुसन्धान र खोजबिनको क्रममा सो झोलाबारे एक घण्टामै जानकारी पाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

सो बससँगै यात्रा गरेका ७ जना मध्ये शिवराज नगरपालिका-६ का बसीर चुरैटाले झोला फेला पारेका थिए। प्रहरीले सो झोला बसिरको घरमा पुगेर बुझेको थिए। सो झोलामा रहेको नगद सहितको सामाग्री प्रहरीले प्रियङ्कालाई बुझाएको प्रहरी निरीक्षक शाहले बताए।

गर्भवती रहेकी प्रियङ्का उपचारका लागि भारतको शिलगुढी सो पैसा लिएर जाँदै थिइन। झोला हराएर अतालिएकी प्रियङ्काले केही घण्टामै प्रहरीको सहयोगमा सो झोला सहितको नगद हातमा परे पछि खुसी भएकी छिन।

उनले प्रहरी जनताको साथी रहेको भन्दै प्रशंसा समेत गरिन्।

सम्बन्धित् समाचार