गृहपृष्ठ Featured नगरपालिकाले जनताप्रति उत्तरदायी भएर काम गरेको छ : उपप्रमुख हरिजन

नगरपालिकाले जनताप्रति उत्तरदायी भएर काम गरेको छ : उपप्रमुख हरिजन

सागर वि.क., वैखरी अनलाईन ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले नगरपालिकाले जनताप्रति उत्तरदायी भएर काम गरेको बताएकी छिन् । पर्याप्त स्रोत साधनको अभाव पनि विभिन्न चौनौतिका बीच नगरपालिकाले काम गरिरहेको उपप्रमुख हरिजनको भनाई छ ।

उनले चोक चौराहमा गरिने आलोचनालाई आफुले स्वभाविक रुपमा लिएको बताईन् । त्यस्ता आलोचना नितिगत रुपले नमिल्ने भएकाले नगरको कमीकमजोरी भए लिखित रुपमै आफ्ना असहमतिहरु नगरमा राख्न अपिल समेत गरिन् ।

वैखरीसंगको कुराकानीमा उनले चोक चोकमा लगाइने तथ्यहिन आरोपहरुको कुनै अर्थ नरहेको बताईन् । त्यस्ता आरोप लगाउनेहरुलाई उनले स्थानीय सरकार संचालन ऐन २०७४ अध्ययन गर्न समेत आग्रह गरिन् । उनीहरुले सकारात्मक कामहरुको कहिल्यै प्रचार गर्न नसकेको बताईन् । पछिल्लो समय क्षणिक स्वार्थ पुरा गर्न आलोचना गर्ने प्रचलन बढ्दो रहेको उनले बताईन् ।

उनले हाल जिल्लाको दररेट आईनसकेकाले नगरका योजनाहरुको काम अघि बढ्न नसकेको बताईन् । गत आर्थिक बर्षमा मात्रै मेलमिलापद्धारा एक सय भन्दा बढी, न्यायिक समितिबाट करिब ३५ वटा र ३ वटा जिल्लामा पठाएको उनले जानकारी दिईन् । उनले अधिकांश व्यक्तिगत तथा सार्वजनिक जग्गाका विवादहरु आउने गरेको बताईन् । त्यसमध्ये व्यक्तिगत जग्गाका विवादहरु मेलमिलापकर्ताहरुद्धारा छलफल गराएर आपसी समझादारीमा समाधान गर्ने गरिएको उनले बताईन् ।

जनतालाई चुनावमा देखाएका सपनाहरु पुरा गर्न राज्यको ऐन, कानुनले नै अवरोध सिर्जना गर्ने गरेको बताउँदै उनले भनिन्, ‘अधिकार प्राप्त कामहरु गर्न आवश्यक स्रोत साधनको अभाव छ । थोरै लगानीमा धेरै काम गर्न कठिनाई छ । तर पनि अधिकत्तम काम गर्ने प्रयास गरिरहेका छौं ।’

उनले अझै पनि महिलाको नेतृत्वलाई समाजले स्वीकार गर्न नसकेका अवस्था रहेको बताईन् । ‘पुरुषले जे गरेपनि ठिक र महिलाले जति राम्रो योजना लिएपनि बेठिक भन्ने चलन छ । महिलालाई सानो सानो कुरामा आरोपित गर्ने गरिन्छ,’ उनले भनिन् ।

प्रशासनिक भवन र त्यसका पुहँुचका बाटोलाई प्राथमिकता दिएर नगरले यस आर्थिक बर्षमा बजेट विनियोजना गरेको बताउँदै उनले कृषि र अन्य भौतिक पूर्वाधारमा जोड दिएका बताईन् ।

उनले शिक्षामा अपेक्षिकृत रुपमा सुधार गर्न नसकिएको स्वीकार गरिन् । उनले शिक्षा गरिएको वर्तमान लगानी पर्याप्त समेत नभएको बताईन् । नगरको विकास निर्माणमा स्थानीयले अवरोध सिर्जना गर्दा सोचेअनुरुप काम गर्न नसकिएको उनको भनाई छ । ग्रिन लुम्बिनी बनाउने अभियानको थालनी समेत आफुले गर्न लागेको उनले बताईन् ।

उनले विगतमा असमझदारी र आवश्यक समन्वयको अभावमा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धमा केही खटपट देखिएको भएपनि अहिले सुमधुर सम्बन्ध रहेको बताईन् । उनले कर्मचारीहरुले निष्पक्षताका साथ कार्यसम्पादन गर्नुपर्ने बताईन् ।

सम्बन्धित् समाचार