गृहपृष्ठ Featured सुशासन, चुस्त सेवा र पारदर्शीता पहिलो प्राथमिकता : उपसचिव ज्ञवाली

सुशासन, चुस्त सेवा र पारदर्शीता पहिलो प्राथमिकता : उपसचिव ज्ञवाली

सागर वि.क., लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले नगरमा सुशासन, चुस्त सेवा र पारदर्शीता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । वैखरीसंगको कुराकानीमा उनले आफु यस नगरपालिकामा आएपछि सुशासन, सार्वजनिक सेवा प्रवाहमा चुस्त र परदर्शीता कायम गरिएको बताए ।

उनले जनमैत्री स्थानीय सरकारको अनभूति दिलाउँदै जनताका प्राथमिकतालाई नै पहिलो प्राथमिकता दिएको दाबी गरे । उनले जनताका गुनासोहरु केही भएको खण्डमा तत्काल सुनुवाई भई सम्बोधन हुने पारिपाटीको थालनी गरेको बताए । उनले कुनै कर्मचारीबाट केही त्रुटि भए तत्काल सच्चाउने गरिएको समेत बताए ।

उनले नगरपालिकाभित्र राजनितिक आस्थाका आधारमा काम गर्न निषेध गरेको बताए । स्वयम् अनुगमन गरेर कामको गुणस्तरियता हेरेर मात्र योजनाहरुको भुक्तानी गर्ने गरिएको उनले बताए । उनले विगतमा अख्तियारमा अत्याधिक मात्रामा मुद्धा पर्ने गरेको भएपनि अहिले आफु आईसकेपछि त्यसको मात्रा न्युन रहेको बताए ।

उनले हाल नगरपालिका बार्षिक निति तथा कार्यक्रमहरुको कार्यान्वयनको चरणमा रहेको बताए । आव २०८१/०८२ मा नगरपालिकाले कृषि, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिएको उनले बताए । उनले लुम्बिनीलाई पर्यटकिय हबको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकासदेखि पर्यटन सुचना केन्द्रको स्थापना र कलाकृतिको प्याकेजिङ तथा ब्रान्डिङ्गका कार्यक्रम संचालन गरिने बताए ।

फोहोरमैला व्यवस्थापनको समस्या समाधानका लागि युनडिपीको सहकार्यमा वैज्ञानिक तवरले सरसफाई केन्द्र स्थापना गरिएको उनले बताए । विभिन्न निकायसंगको सहकार्यमा लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा झन्डै २ अर्बको परियोजना ल्याईएको उनले बताए । उनले आगामी ४÷५ बर्षमा यस नगरपालिका आजको अवस्थाबाट रुपान्तरित भएर पर्यटकिय नगरपालिकाको रुपमा स्थापित हुने बताए । युवा जोस र जाँगरले भरिपूर्ण प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली भष्ट्राचारका सवालमा कठोर प्रशासकमा रुपमा परिचित छन् ।

सम्बन्धित् समाचार