वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अवरोध गर्नेलाई अल्टिमेटम दिएको छ । नगरपालिका क्षेत्रभित्र पर्ने सडकमा आवागमन नै प्रभावित हुने विभिन्न अवरोधजन्य कार्य गरेको भन्दै नगरपालिकाले ७ दिनभित्र सडक अवरोध हटाउन अल्टिमेटम दिएको हो ।
मंगलबार प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले एक सुचना जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् ।
‘बुद्धभूमि नगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग तथा नगरका अन्य सहायक सडक तथा बाटो किनारमा पशु चौपाया बाँध्ने, सडकका नालि अतिक्रमण गर्ने, निर्माण समाग्री (ईटा, ढुङ्गा, गिट्टी,छड आदि) राख्ने, सडक किनारमा बिस्कुन सुकाउने, धान पराल राख्ने, धान थ्रेसर लगाई बाटोमा अवरोध सृजना गर्ने जस्ता गतिविधिका कारण सडक आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बृद्धि तथा वातावरण दुषित हुने भएकोले उक्त कार्य नगर्नका लागि नगरपालिकाले बारम्बार सूचना गरिरहेको भएतापनि त्यस प्रकारको कार्य पूर्ण रुपमा नरोकिएको हुँदा आजको मितिले ७ दिनभित्र सडक अवरोध हटाउनका लागि यो सूचना प्रकाशन गरिएको छ,’ उक्त सुचना उल्लेख गरिएको छ ।
सूचनालाइ अटेर गरि सडक अतिक्रमण गरेको पाइएमा नगरपालिकाबाट अवरोध हटाई सो वापतको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने समेत नगरले चेतावनी दिएको छ ।
यस्तो छ जारी सुचना









