जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ।
प्रहरी टोलीले ओमसतिया गाउँपालिका-४ स्थित बालापुर चोकबाट भन्सार छली गरी ल्याउँदै गरेको ११ लाख ५१ हजार ८ सय बराबरको अवैध सामान मंगलबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।
बरामद सामानमा ३० सेट मोबाइल फोन, जुत्ता ७० जोर, चकलेट ८ कार्टुन, बुकी पेपर ४ बोरा र ताजा फूल तथा बिरुवा ७० केजी रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताइन् ।








