गृहपृष्ठ Featured रास्वपाले अनुसन्धान प्रभावित गर्न नारा जुलुस गर्‍यो : सहमहामन्त्री उपाध्याय

रास्वपाले अनुसन्धान प्रभावित गर्न नारा जुलुस गर्‍यो : सहमहामन्त्री उपाध्याय

प्रकाशित मिति:

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले भ्रष्टाचारीलाई संरक्षण नगर्ने बताएकी छिन् । नेपाली कांग्रेस प्रदेश सभा ९क० क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ कपिलवस्तुले आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले विधिको शासन मान्ने र भ्रष्टाचारीलाई संरक्षण नगर्ने जिकिर गरिन् ।

उनले एमालेसँग चुनावी गठबन्धन नहुने स्पष्ट पारिन् । उपाध्यायले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै अनुसन्धान प्रभावित पार्न नारा जुलुस गरेको बताईन् ।  उनले एक तिहाइ महिला उम्मेदवार अनिवार्यको लागि कानुन निर्माणको चरणमा रहेको बताइन ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद अतहर कमाल मुसलमानले सभापति शेरबहादुर देउवालाई कम बोल्ने कुटनीतिज्ञको संज्ञा दिँदै सरकार गठनमा उनको महत्वपूर्ण भूमिका रहेको बताए । साथै सरकार टिकाउन महाधिवेशन केही ढिला गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस कपिलवस्तुका उप सभापति हुमकान्त खनालले विपक्षीसँग कुरा गर्नु राम्रो नभएको बताउँदै बाणगंगा एतिहासिक स्थल र कांग्रेस पाटी संगठन पनि बलियो रहेको बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रूक बहादुर भुसालले ३६४ दिन कांग्रेस हुन र निर्वाचनका दिन अन्य पार्टीलाई मतदान गर्नेहरु कांग्रेसमा नबस्न आग्रह गरे । कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, महासमिति सदस्य दुर्गा सेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. २ का सांसद तथा पूर्व मन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विशिष्ट अतिथि सुरेन्द्रराज आचार्य, महाधिवेशन प्रतिनिधि विष्णु प्रसाद न्यौपाने, दुनिका भुसाल, बाणगंगा नगरपालिकाका निवर्तमान मेयर मंगल प्रसाद थारु, डोलकराम घिमिरे, कांग्रेस नेता रविराज आचार्यलगायतको उल्लेख्य मात्रामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शेषकान्त बेल्बासे, सर्जु थारू, शिव कार्की, शारदा केसी, जगन्नाथ भण्डारी, अरसद ओजी लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपसभापति कृष्ण प्रसाद पोख्रेलले राखेका थिए भने कार्यक्रमको अध्यक्षता प्रदेश सभापति क्षेत्र नम्बर १ (क) कपिलवस्तुका सभापति दुर्गा बहादुर केसीले गरेका थिए भने कार्यक्रमको संचालन प्रदेश सचिव विष्णु भट्टराई मल्लले गरेकी थिइन ।

सम्बन्धित् समाचार