गुल्मीको सत्यवतीमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस केन्द्रित काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्यशाला सञ्चालन भएको छ ।
सत्यवती गाउँपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आरम्भ समसामयिक नेपाली मूर्तिकार समूहको सहकार्यमा कार्यशाला भएको हो ।
कार्तिक १० गतेसम्म चल्ने कार्यशालामा आदिवासी जनजाति संस्कृति र सत्यवतीको किम्बदन्ती झल्किने आकर्षक मूर्तिहरु लालीगुराँसका काठमा बनाइँदैछ ।
बुढी सत्यवती र मसिना क्षेत्रका जंगलमा ढलेका लालीगुराँसका काठहरुमा मूर्ति बनाउने गरी काष्ठकला कार्यशाला गरिएको हो ।








