किरणमान बज्राचार्य, कपिलवस्तु कार्तिक १० ।
नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसका अवसरमा तरुण दल कपिलवस्तुले तौलिहवा स्थित बाल गृह बेसहारा बालकलाई ४८ हजार बढीको खाद्यान्न बितरण गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव समेत रहेका तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरीको अगुवाईमा सो सामाग्री नेपाल बाल संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवालीलाई हस्तान्तरण गरिएको हो ।

साढे चार क्युन्टल चालम, ५० किलो आलु, २५ किलो मसुरो र २५ किलो अरहरको दाल र स्वायबिन १० किलो हस्तान्तरण गरिएको छ । सो अवसरमा अध्यक्ष ठकुरीले तरुण दलले सामाजिक काममा हातेमालो गर्दै बिगत देखि नै जिल्लामा खाद्यान्न, शैक्षिक र खेलकुदका सामाग्री बितरण गर्दै आएको बताए ।
उनले राजनीतक हक अधिकारका साथै सामाजिक काममा तरुण दल लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले तरुण दलले सामाजिक काममा समेत अग्रसरता देखाउदै आएको बताए ।
उनले राजनीति सहीत सामाजिक काममा तरुण दलले जिल्लामा राम्रो काम गरेको बताए । सो अवसरमा बाल संगठनका जिल्ला अध्यक्ष ज्ञवालीले बाल संगठनलाई राज्यबाट खासै सहयोग नभएको भन्दै बिभिन्न दाताहरुको सहयोगमा हाल सम्म संचालन हुदैँ आएको बताए । उनले बाल संगठनलाई निरन्तर सहयोग जारी राख्न आग्रह गरे ।

दलका अध्यक्ष ठकुरीको अध्यक्षता, दिनेश क्षेत्रीको संचालनमा भएको कार्यक्रममा सचिव अमर पौडेल स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा कांग्रेस शिवराज नगर सभापति मदुसुदन पोख्रेल, प्रेस युनियन जिल्ला सभापति खग प्रसाद चापागाई नेबि संघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, लोकतान्त्रिक खेलकुद महासंघका जिल्ला अध्यक्ष पदमप्रताप सेन , सिद्धार्थ क्याम्पस स्वबियु सभापति निलकमल थारु लगायतको सहभागीता थियो । बाल गृहमा ३२ जना बेसाहरा बालकहरु छन ।








