गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा स्कुल बस र मोटरसाइकल ठोक्किदाँ दुई युवकको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा स्कुल बस र मोटरसाइकल ठोक्किदाँ दुई युवकको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो करिब पौने १ बजे भएको दुर्घटनामा बुद्धभूमि ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिष थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनारले जानकारी दिए ।

गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ न।को स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ न।को मोटरसाइकल एक आपसमा ठोकिएका हुन् । घाइते थापालाई उपचारको लागी कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुराइएको थियो ।

अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार