गृहपृष्ठ Featured नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने तयारी !

नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने तयारी !

नारायणगढ-बुटवल सडक विस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । २०७५ साल माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नसकेको हो ।

निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै सरकारले अब तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास निर्माणका सबै सडक सरकारको नियन्त्रणमा नै रहेको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले समय पनि सकिएको र काम पनि कम भएको सडकखण्ड नारायणगढ-बुटवल रहेको बताए । ठेकेदारलाई तीन महिनाको लक्ष्य दिएर डिसेम्बरसम्म नसकिए ठेक्का तोड्ने योजना रहेको सचिव शर्माले जानकारी दिए ।

उहाँले तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकेको भन्दै उनले ठेक्का कम्पनीले जनशक्ति बढाएर सडक विस्तारको कामलाई तिब्रता नदिए सरकारले पुनःविचार गरी ठेक्का तोडेर अगाडि जानुपर्ने बाध्यता रहेको बताए ।

सम्बन्धित् समाचार