गृहपृष्ठ Featured लुम्बिनीमा ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट पूर्ति

लुम्बिनीमा ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट पूर्ति

रुपन्देही ।

लुम्बिनी प्रदेशमा करिब ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएपनि भारतीय खुला बजारबाट आउने मालाको मूल्यसँग यहाँका व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसकेको बताउँछन् ।

फूलको सिजन नहुँदा यहाँ फूलको आयात गर्नुपर्ने अवस्था अहिले यहाँ उत्पादन भएको अवस्थाले देखाएपनि किसान र व्यवसायीहरुले चाहेजसरी मूल्य पाउन नसकेको जनाएका छन् ।

फूलको बिरुवा रोपेको साढे दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले पछिल्लो समय किसानहरू फूलखेतीमा आकर्षित भएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले पनि यसको प्रद्धर्दनका लागि नीति कार्यक्रम र बजेटमा योजना समेटेका छन् तर भारततबाट अवैध रुपमा आइरहेको फूलमाला रोक्ने योजना भने बनाउन सकेका छैनन् ।

कृषि विकास निर्देशनलायका वरिष्ठ बागवानी विकास अधिकृत बरालीका अनुसार यो वर्ष १२ करोड ३४ लाख ३३ हजार ३ सय ३९. २ रूपैयाँको सयपत्री फूल उत्पादन भएको अनुमान गरिएको छ । योसँगै प्रदेश सयपत्री फूलको मालामा आत्मनिर्भर भएको हो ।

प्रदेशमा धेरै जिल्लाका अधिकांश स्थान फूलखेतीका लागि हावापानी उत्कृष्ट छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ ।

प्रदेशका १२ वटै जिल्लामा पुष्प व्यवसाय प्रवर्द्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको प्रदेशको कृषि मन्त्रालयका कर्मचारी बताउँछन् । तर भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल पर्ने गरेको छ । रुपन्देहीको भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका विभिन्न बजारमा भारतबाट सहजै फूलमाला आउने गरेको छ ।

सम्बन्धित् समाचार