गृहपृष्ठ Featured भारतमा कार दुर्घटना : तिहार मनाउन आउँदै गरेका बाणगंगाका बेल्बासेसहित २ जनाको मृत्यु

भारतमा कार दुर्घटना : तिहार मनाउन आउँदै गरेका बाणगंगाका बेल्बासेसहित २ जनाको मृत्यु

कपिलवस्तु ।

भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो।

शनिबार बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका- ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उहाँकी पत्नी धनकला घाइते भएकी छन् ।

सम्बन्धित् समाचार