गृहपृष्ठ Featured कपिलवस्तुमा प्रहरीको हिरासतमा रहेका एक युवक ट्वाईलेटमा मृत फेला

कपिलवस्तुमा प्रहरीको हिरासतमा रहेका एक युवक ट्वाईलेटमा मृत फेला

वैखरी अनलाईन, कपिलवस्तु ।

कपिलवस्तुमा प्रहरीको हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको विजयनगर गाउँपालिका- ५ ठाकुरापुरका २३ बर्षीय नसरुदिन खाँ ट्वाईलेटमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएपी मोहनमणी अधिकारीले जानकारी दिए ।

मृतक खाँले ट्वाईलेटको भेन्टिलेशनको जाली च्यातेर भेन्टिलेशनको फलामको सरियामा गम्छाको पासो लगाई झुण्डीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाँ लाई यही कार्तिक १५ गते जिल्ला अदालत तौलिहवा कपिलवस्तुबाट जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी समर्थन लिई ईलाका प्रहरी कार्यालय गणेशपुरको हिरासत कक्षमा राखिएको थियो ।

शव परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

प्रहरीले घटनाबारे मृत थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित् समाचार