गृहपृष्ठ Featured बाणगंगामा एक जनाको शव फेला

बाणगंगामा एक जनाको शव फेला

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ दरखास्त बुङ्ची चोकमा एक जनाको शव फेला परेको छ ।

शुक्रबार अन्दाजी ४५ बर्षीय सिता मल्लको शव फेला परेको जनाईएको छ ।

हालसम्म मृत्युको कारण थाहा नभएको र पोस्मार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार