गृहपृष्ठ Featured उपनिर्वाचन : लुम्बिनीका ६ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

उपनिर्वाचन : लुम्बिनीका ६ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा उपचुनाव हुने स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। लुम्बिनी प्रदेशभित्रका ६ स्थानीय तहका रिक्त स्थानमा मंसिर १६ गते उपचुनाव हुँदैछ। ती स्थानका उम्मेदवारहरू प्रदेश कमिटीले टुंग्याएको पार्टी इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।

उनकाअनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

सोही पालिकाको वडा नम्बर २ को अध्यक्ष पनि रिक्त छ। त्यसमा जीवन रोका मगरलाई एमालेले उम्मेदवार बनाउने भएको छ।

गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा दलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा बिष्णुप्रसाद देवकोटालाई एमालेले उम्मेदवार बनाएको छ।

कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ को अध्यक्षमा अब्दुल मोजिम खाँ उम्मेदवार बन्ने भएका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा बेगम पुनलाई एमालेले उम्मेदवारको रूपमा अघि सारेको छ।

मंसिर १६ गते रिक्त ४४ स्थानमा स्थानीय तह उपचुनाव हुँदैछ।

सम्बन्धित् समाचार