गृहपृष्ठ Featured रवि लामिछानेलाई भोलि रुपन्देही ल्याईदैं : विरोध प्रदर्शनको तयारीमा रास्वपा

रवि लामिछानेलाई भोलि रुपन्देही ल्याईदैं : विरोध प्रदर्शनको तयारीमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउने तयारी भएपछि रास्वपाले विरोध प्रदर्शनको तयारी गरेको छ ।

रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको जानकारी गराए । पाठकले  भने, ‘सभापतिलाई भोलि ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने÷नल्याउने जे गरेपनि भोलि हामी विरोध गर्ने तयारीमा छौं ।’

लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मंगलबार विहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ । भोलि नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।

सम्बन्धित् समाचार