गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तु अदालतका दुई कर्मचारी २० हजार घुससहित अख्तियारको फन्दामा

कपिलवस्तु अदालतका दुई कर्मचारी २० हजार घुससहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो।

अख्तियारले आफू निर्वाचित वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्तु नगरपालिका- १ का वडाअध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरे ।

दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिए पनि यसलाई औपचारिक सार्वजनिक गरिएको छैन ।
अख्तियार बुटवलका सूचना अधिकारी गिता आचार्यले कार्यालयमा औपचारिक जानकारी केही नआएको बताइन् ।

सम्बन्धित् समाचार