काठमाडौं ।
भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको बिजनौर भन्ने स्थानमा भएको दुर्घटनामा अटो रिक्सा चालकसहित सात जनाको मृत्यु भएको हो ।
भारतको समाचार एजेन्सी पीटीआईका अनुसार क्रेटा कारले कुनै एक गाडिलाई ओभरटेक गर्दै थियो, त्यहीबेला अचानक लेन बदल्दा अटोरिक्सालाई ठक्कर दिएको थियो । ६ जनाको दुर्घटनास्थलमै र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।








