अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
कारागारमा रहेका कैदीबन्दीको मागका आधारमा निःशुल्क आँखा जाँच तथा पावर चस्मा वितरण शिविर सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।
शिविरमा कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी गरी एक सय दुई जनाको आँखा चेकजाँच गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।
कारागारमा रहेका कैदीबन्दीको आँखाको स्वास्थ्य अवस्था थाहा पाउन नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौं र अर्घाखाँची दिगो विकास केन्द्रको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
आँखा जाँचमा कारागार कार्यालय भित्र रहेका ६ जना महिला, ८३ जना पुरुष गरी ८९ जना कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी गरी एक सय दुई जनाको आँखा चेकजाँच गरिएको आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताए।








