गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : उपचार सिफारिस जिल्ला स्वास्थ्य कार्यालयबाटै

लुम्बिनी प्रदेश : उपचार सिफारिस जिल्ला स्वास्थ्य कार्यालयबाटै

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ ।

निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो ।

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताएका छन् । ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो, अब सिफारिस लिन निर्देशनालयमा नजानुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’ उनले भने ।

सम्बन्धित् समाचार