काठमाडौं ।
भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ।
२ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्यो।
कांग्रेस नेतृत्वको गठबन्धनले भने जम्मा ४९ सिट प्राप्त गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको संज्ञा दिएका छन्।