गृहपृष्ठ Featured दाङमा सकियो ‘बाल साहित्य सम्मेलन’

दाङमा सकियो ‘बाल साहित्य सम्मेलन’

दाङ ।

बाल साहित्य कस्तो छ ? कस्तो हुनुपर्छ ? कस्तो लेखिनुपर्छ ? बालबालिकालाई साहित्य सिर्जनामा कसरी सामेल गराउने ? यिनै प्रश्नहरूको जवाफ खोज्दै घोराहीमा दुई दिनदेखि जारी २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन शनिबार सकिएको छ । बालबालिकाबारे लेखिएका साहित्य कत्तिको उपयोगी छन् ? बाल मनोविज्ञानबाट लेख्ने काम भएको छ कि छैन ?

विद्यालयमा पुस्तकालयको अवस्था र पठन संस्कृति कस्तो छ ? बालबालिकालाई सिर्जनशील काममा जोड्न के कस्ता प्रयास भएका छन् भन्ने बारे बहस गर्दै पाँचबुँदे घोषणापत्र पनि पारित गरिएको छ ।

स्थानीय सरकारले साहित्य प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने, विद्यालयले पुस्तकालयको प्रवर्द्धन गर्दै पठन संस्कृति विकास गर्नुपर्ने र स्थानीय भाषा, साहित्यको विकासमा सरोकारवाला जिम्मेवार हुनुपर्ने प्रस्ताव सम्मेलनबाट पारित भएको छ । साथै बालबालिकाको क्षमता विकासमा विद्यालय र अभिभावकले वातावरण निर्माण गर्नुपर्ने र स्थानीय तहलाई बालमैत्री घोषणा गरी बालबालिकाका लागि नतिजामूलक कार्यक्रम तय गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

सम्बन्धित् समाचार