कपिलवस्तु ।
जन्मजात आँखाको समस्याले पीडित कपिलवस्तुको बाणगंग नगरपालिका- ९ का अनमोल खत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मलेसियाको पेनाङ राज्यमा कार्यरत बाणगंगा नगरपालिका- ९ निवासी नेपालीहरूको पहलमा संकलित ५१ हजार १४० रुपैँया रकम एक कार्यक्रमकाबीच वडा अध्यक्ष कमल पौडेलमार्फत बालकलाई हस्तान्तरण गरिएको हो।
६ बर्षीय अनमोल जन्मिदै आँखाँको समस्या देखिएको थियो ।
वडाध्यक्ष पौडेलले सहयोगदाताहरूको योगदान र लायन्स क्लबको सक्रियतालाई उच्च प्रशंसा गर्दै भने, लायन्स क्लबले यस क्षेत्रमा गरेको सामाजिक कार्य अत्यन्तै प्रेरणादायक छ। यस्ता संस्थाहरूले समाजको विकास र सेवामा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
उनले थपे लायन्स क्लबका प्रतिनिधिले पनि यस क्षेत्रमा क्लबले सामाजिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिदै भविष्यमा थप यस्ता अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे। उनले विदेशमा रहेका नेपालीहरुले आफ्नो पारिश्रमिकबाट रकम जुटाएर गरेको सहयोग अत्यन्तै राम्रो रहेको बताए ।
अभियानकर्ता हिमलाल खनालले बालकको घरको कमजोर आर्थिक अवस्था र आयस्रोतको अभावका कारण यो अभियान सञ्चालन गरिएको बताए । यो सहयोगले बालकको उपचारका लागि ठूलो मद्दत पुर्याउने उनको विश्वास छ ।
जिनुवा टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र बेल्वासेले अनमोलको स्वास्थ्यका लागि गरिएको यस प्रयासले सामुदायिक सहकार्यलाई उदाहरणीय बनाएको बताए।
मलेसिया स्थित पेनाङ राज्य अन्तर्गत ग्रान्ड भेन्चर टेक्नोलोजी ९बिएचडी० मा कार्यरत नेपाली कामदारहरु बाट उक्त राहत रकम संकलन गरि अनमोलको लागि पठाइएको हो । बाणगंगा ९ का लिलाराम खनालको नेतृत्वमा राहत सहयोग संकलन गरीएको थियो ।








