जितपुर । कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गर्ने १५ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी कपिलवस्तु जिल्लाकाे विकासमा कोशेढुंगा हुने बाणगंगा वेलफेयर साेसाईटीका अध्यक्ष राजकुमार खाँणले बताएका छन् । महाेत्सवलाई सफल बनाउन सहयोगी संस्था बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष खाँणले सबैसँग सहयोगको अपिल गरेका छन् ।
बाणगंगा वेयलफेयर आयाेजक रहँदा महोत्सवको ४ पटक संयोजक भइसकेका अनुभवी खाँणले उद्योग संघले आयाेजना गरेकाे महोत्सवलाई सफल बनाउन लागेका छन् । खाँणले भने, “यो महोत्सवले हाम्रो जिल्लालाई मात्र होइन, लुम्बिनी प्रदेशकै कृषि, पर्यटन र उद्योग क्षेत्रमा नयाँ आयाम थप्नेछ ।” बाणगंगाकाे बुद्दरंगशालामा मंसिर १९ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि उत्पादन, स्थानीय उत्पादनका वस्तुहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ । साथै महाेत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ ।
महोत्सवले औद्योगिक सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने छ । आर्थिक मन्दीको मारमा परेका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रूपमा महोत्सवलाई लिन सकिन्छ । महोत्सव यही मंसिर १९ गतेदेखि पुस २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुनेछ ।