गृहपृष्ठ Featured लुम्बिनीको बलियो ब्याटिङ लाइनअप

लुम्बिनीको बलियो ब्याटिङ लाइनअप

प्रकाशित मिति:

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग्यमानी बनेको टोली हो, लुम्बिनी लायन्स । अक्सनबाट खरिद गरेका ग्रेड ‘ए’ तीन वटै खेलाडी लुम्बिनीले ‘लक्की ड्र’मार्फत पाएको हो ।

एकभन्दा धेरै टोलीले उच्चतम मूल्यमा खरिद गर्न चाहेपछि ‘लक्की ड्र’ गरिएको थियो ।

‘लक्की ड्र’ बाट सन्दीप जोरा, विवेक यादव र सूर्य तामाङ लुम्बिनीको पोल्टामा परे । तीनै जना राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनीहरुसँगै राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल लुम्बिनीका मार्की प्लेयरको रुपमा हुँदा राष्ट्रिय टोलीबाट खेलिसकेका अर्जुन साउद पनि लुम्बिनीमा छन् । सन्दीप र विवेक विशेष गरी टी-२० का लागि चिनिन्छन् ।

सन्दीप मिडलअर्डर ब्याटर र विवेक फिनिसरसँग गीव्र गतिका बलर हुन् । सूर्य घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइराखेका छन् । उनी बायाँ हाते स्पिनर हुन् । विकेटकिपर ब्याटर अर्जुन ओपनर हुन् । नेपाल ‘ए’ टोलीबाट खेलेका आशुतोष धिरैया, यू-१९ टोलीबाट खेलेका तिलक भण्डारी, दुर्गेश गुप्ता र घरेलु क्रिकेट खेलिरहेका विकास आग्री, अभिषेक गौतम र दिनेश अधिकारी लुम्बिनीबाट खेल्नेछन् ।

आशुतोष पछिल्लो समय उत्कृष्ट ब्याटिङ गर्दै आइराखेका खेलाडी हुन् । बागमती प्रदेशबाट खेल्दै आएका तिलक स्पीनर र लुम्बिनीबाट खेल्दै आएका दुर्गेश तीव्र गतिका बलर हुन् । विकास, अभिषेक र दिनेश घरेलु क्रिकेट खेलिरहेका बलर हुन् ।

लुम्बिनीले आईपीएल विजेता अस्ट्रेलियाका अलराउन्डर बेन कटिङदेखि भारतलाई यू-१९ विश्वकप क्रिकेट जिताएका उन्मुक्त चन्दसम्मलाई टीममा अनुबन्ध गरेको छ । कटिङ र चन्दसहित क्यानडाका साद बिन जफर, इङ्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स र वेस्ट इन्डिजका रामोन सिमन्ड्स पनि लुम्बिनीमा अनुबन्ध भएका छन् ।

सम्बन्धित् समाचार