गृहपृष्ठ Featured विश्वमा बुद्धको विचारबाटै शान्ति र समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री ओली

विश्वमा बुद्धको विचारबाटै शान्ति र समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट पनि समृद्धि हासिल हुने बताए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्व शान्तिबाट मात्रै हुने बताए । यसैका आधारमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिने बताए । लुम्बिनीमा मानव जाति मात्रै नभई सबै प्राणीहरू समेत रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित् समाचार