अर्घाखाँची ।
बुटवलबाट अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गरी पिकनिकमा जाँदै गरेको लु २ ख १४१५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते बालिका घाइते भएकी छिन् ।
प्रहरीका अनुसार धाराबजारमा पैदल हिँडिरहेका शितगंगा नगरपालिका-४ अमराइ निवासी वर्ष १३ कि बिनिता विकको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने वर्ष १० वर्षकी एलिना विकको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।








