पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामस्थित ढाक्रिपार भीरमा पहिचान नखुलेको शव शुक्रबार फेला परेको छ ।
३०/३५ को जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप अनुसन्धान भइरहेको छ ।
शव सडिगलेको अवस्थामा रहेको, प्रारम्भिक अनुसन्धान कार्यपश्चात पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








