गृहपृष्ठ Featured विराटनगरमाथि जनकपुरको सहज जित

विराटनगरमाथि जनकपुरको सहज जित

प्रकाशित मिति:

काठमाडौँ ।

लाहिरु मिलान्थाको रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरको हो ।

श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्‍यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

लाहिरुले हर्ष ठाकेरसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाएका हुन् । ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाए । स्कोर बराबरी रहेको अवस्थामा उनले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गरे ।

विराटनगरको अनियन्त्रित बलिङको जनकपुरले फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फालेका थिए, जसमा इनिङ्सको पहिलो बल लेग साइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गरेका थिए । कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जीसीको बलमा बोल्ड भए ।

यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो ।

सम्बन्धित् समाचार