गृहपृष्ठ Featured बाणगंगा साहित्यिक प्रतिष्ठानको अध्यक्षमा घिमिरे

बाणगंगा साहित्यिक प्रतिष्ठानको अध्यक्षमा घिमिरे

प्रकाशित मिति:

राधा पाण्डे
कपिलवस्तु ।

बाणगङ्गा साहित्यिक प्रतिष्ठान कपिलवस्तु नेपालको १९ औं साधारण सभा, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार वाणगङ्गा क्याम्पस लौगाइको सभा हलमा भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले साहित्यलाई जोगाउन यस क्षेत्रका साहित्यकारहरु लागिरहेको बताउनुभयो । उहाँले समाज परिवर्तन गर्न साहित्य नै अनिवार्य रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा संस्थाले लामो समयदेखी साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै साहित्यकार मोहन ज्ञवालीलाई सम्मान गरेको  छ ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण न्यौपानेले गर्नुभएको थियो ।

उपाध्यक्ष देवका भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव मोहन अधिकारिले गर्नु भएको थियो । कार्यक्रममा कार्य समितीका सदस्य, प्रमुख संरक्षक, आजिवन सदस्य, लगायत ६० बढी साहित्यप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

साथै कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

उपाध्यक्ष : राधा पाण्डे
सचीव : हुमनाथ पौडेल
ससचीव : दया प्रसाद घिमिरे
कोषाध्यक्ष : ज्ञानप्रसाद पाण्डे
सदस्य : कृष्ण भट्टराई
सदस्य : कमला खनाल
सदस्य : राधा पाण्डे
सदस्य : किरण पन्थि
सदस्य : प्रकाश भुसाल
सदस्य : डिल्लीराम भट्टराई

सम्बन्धित् समाचार