गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा निःशुल्क आँखा शिविर : ९ सय जना लाभान्वित, १५१ जनाकोे अप्रेसन

बाणगंगामा निःशुल्क आँखा शिविर : ९ सय जना लाभान्वित, १५१ जनाकोे अप्रेसन

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा अवस्थित पिपरा अस्पतालमा भएको शल्यक्रियासहितको २ दिने निःशुल्क आँखा शिविरबाट झण्डै ९ सय जना लाभान्वित भएका छन् । शुक्रबार र शनिबार भएको उक्त शिविरमा ८९८ जनाको आँखा चेकजाँच गरि आवश्यकता अनुसार औषधी वितरण गरिएको छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीले जानकारी दिए ।

उनका अनुसार दुई दिनको अवधिमा मोतियाविन्दु भएका १५१ जनाकोे निःशुल्क अप्रेसन गरिएको छ । अप्रेसन पश्चात उनीहरुलाई औषधी र चस्मा समेत वितरण गरिएको उनले बताए ।

नगरप्रमुख चक्रपाणी अर्यालले नगरपाािलकभित्र कोही पनि आँखाको समस्याले दृष्टिविहिन हुन नपरोस् भन्ने नगरको अभियानलाई सार्थकता दिन यो शिविर आयोजना गरिएको स्पष्ट पारे । उनले आर्थिक अवस्था कमजोर भएर तथा वृद्ध अवस्थाका कारण बाहिर अस्पताल जान नसक्ने नगरवासीले शिविरको फाइदा लिएको बताए । निःशुल्क आँखा शिविर विगत ४ बर्षदेखि निरन्तर संचालन गर्दै आएको बताउँदै उनले भने, ‘गत बर्ष र यस बर्ष पिपरा अस्पतालमा यो शिविर गरियो । गत बर्ष पनि १६० जना भन्दा बढीको निःशुल्क अप्रेसन गरिका थियौं । जहाँ १६ सय बढी नगरवासी लाभान्वित हुनुभएको थियो ।’

नगरप्रमुख चक्रपाणी अर्यालले नगर भित्रका निम्न वर्गका र आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । नगरप्रमुख अर्यालले नगरपालिका नगरवासीको स्वास्थ्यप्रति संवेदनशिल भएर लागेको बताए ।

स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको उनको भनाई छ । नगर प्रवक्ता समेत रहेका बाणगंगा नगरपालिका वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेलले मोतियाबिन्दुका कारण दुबै आँखा देख्न नसक्ने स्थिति आउन नदिन नगरपालिकाले शल्यक्रियासहितको शिविर आयोजना गरेको बताए । शल्यक्रियाले अन्धोपनाबाट ग्रसित हुने स्थिति आउन नदिने र पुन आँखाको दृष्टि फर्काउन सकिने उनले बताए ।

सेवाग्राहीले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको बताएका छन् । आँखा देख्न नसक्दा समस्या भएको बताउँदै उनीहरुले बुढ्यौलीमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको बताए ।

बाणगंगा नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार