गृहपृष्ठ Featured तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका-४ मा लु.प्र -०२-००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका वलीको बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा उनको मृत्य भएको हो।

आइतबार भएको दुर्घटना १६ वर्षीय दिपेन्द्र वलीको मृत्यु भएको थियो। चालक १७ वर्षीय गणेश खड्का घाइते छन्। उनको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित् समाचार