गृहपृष्ठ Featured १३औं कपिलवस्तु डान्स आईडल : अर्नप बाहिरिए, आज टप ९ को प्रस्तुति

१३औं कपिलवस्तु डान्स आईडल : अर्नप बाहिरिए, आज टप ९ को प्रस्तुति

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१५ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलबाट अर्नप परियार बाहिरिएका छन् । अर्नप बुधबार टप १० बाट बाहिरिएका हुन् । बुधबार आईडलतर्फका १० जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको र तिमध्ये अर्नप बाहिरिएको डान्स आईडल संयोजक विष्णु मल्लले वैखरीलाई जानकारी दिईन् ।

अर्नपलाई सम्मानपत्र र विभिन्न गिफ्ट हयाम्परसहित ससम्मान विदाई गरिएको उनले बताईन् ।

आज विहिबार टप ९ प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुति राख्ने जानकारी दिदैं संयोजक मल्लले तिमध्ये एक जना बाहिरिने जानकारी दिईन् ।

१३औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

यसैबीच १५औं कपिलवस्तु महोत्सवको आठौं दिन अर्थात आज बुधबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरीसहितका कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार