वैखरी अनलाईन, बाणगंगाा ।
१५औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलको उपाधि प्रिन्सा हमालले जितेकी छिन् । मंगलबार आज भएको ’ग्रयाण्ड फिनाले’ मा अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रिन्साले उपाधि जितेकी हुन् ।

उपाधि हात पारेसंगै प्रिन्साले १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेकी छिन् ।
बाणगंगा नगरपालिका– ४ सिद्धिपुर निवासी प्रिन्सा प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छि प्रतिस्पर्धी हुन् । उनको लुक्स र डान्सले सबैको ध्यान तान्दै आएको थियो ।
यस्तै प्रतिज्ञा गिरी द्धितीय, पवित्रा कुमारी छहारी तृतीय र निलम पौडेल सान्त्वना भएकी छिन् । उनीहरुले क्रमश ७७ हजार ७७७, ५५ हजार ५५५ र २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेका छन् ।







