गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा अग्नी नियन्त्रण सम्बन्धि प्रयोगात्मक अभ्यास

बाणगंगामा अग्नी नियन्त्रण सम्बन्धि प्रयोगात्मक अभ्यास

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अग्नी नियन्त्रण सम्बन्धि कार्यक्रम गरिएको छ । मंगलबार बुद्धरंगशालामा अग्नी नियन्त्रण सम्बन्धि प्रयोगात्मक अभ्यास गरि उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आगलागी भएको खण्डमा नियन्त्रण कसरी गर्ने भन्ने तरिकाबारे नगर प्रहरीसहित यस क्षेत्रका उद्योगमा कार्यरत कर्मचारीलाई प्रशिक्षण दिईएको थियो ।

सुरक्षाकर्मीले कुन-कुन उपकरण प्रयोग गरेर आगलागीका घटना नियन्त्रण गर्छन् भन्नेबारे ‘डेमो’ गरिएको थियो । ग्यासमा सल्केको आगो कसरी निभाउने भन्नेबारे समेत जानकारी गराइएको थियो ।

नगरप्रमुख चक्रपाणी अर्यालले आगलागीबाट हुन सक्ने जनधनको क्षति न्युनिकरण गराउने उद्देश्यले अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम गरिएको बताए । आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो कार्यक्रम गरिएको उनले बताए । उनले सुरक्षा सेवाका विभिन्न स्टेजहरुमध्ये अग्नि नियन्त्रण अत्यन्त संवेदनशील क्षेत्र भएको बताए ।

उनले पछिल्लो समयमा भान्साघर, कार्यालयदेखि ठुलाठूला कम्पनीहरुमा समेत लागलागीका घटनाहरु क्रमश बढेको बताउँदै भने, ‘त्यस्ता घटना हुनै नदिन बेलैमा सचेत हुनुपर्दछ । भईहाल्यो भने पनि त्यसको न्युनीकरण गर्नेको विधि जान्नु आवश्यक छ ।’

नगरउपप्रमुख रिताकुमारी चौधरीले नगरपालिका जनस्तरमा यस्ता किसिमका सचेतनामूलक कार्यक्रम गर्दै अघि बढ्ने बताईन् । उनले विभिन्न समयमा भैपरी आउने घटनाहरुको नियन्त्रण तथा न्युनीकरणमा यस्तो कार्यक्रम फलदायी सावित हुने विश्वास व्यक्त गरिन् ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले अभ्याससहितको यस कार्यक्रमले आगलागी नियन्त्रण गर्ने सीपमा निखार्ता आउने बताए ।

सम्बन्धित् समाचार