गृहपृष्ठ Featured सिनेमा ‘वसन्त’ को पोस्टर सार्वजनिक

सिनेमा ‘वसन्त’ को पोस्टर सार्वजनिक

काठमाडौं ।

प्रकाश सपूतले आफ्नो ड्रिम प्रोजेक्ट ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन् । पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ । केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ । टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । यसले उनी कहीँ साहित्य लेखिरहेको अनुमान हुन्छ । ‘वसन्त’मा सपूतको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।

उनका यसअघिका सिनेमा र गीतका कारण यो सिनेमाबाट धेरैले अपेक्षा राखेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले लामो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौतीका अनुभव लेखेका छन् ।

सम्बन्धित् समाचार