गृहपृष्ठ Featured लिभरपुल युनाइटेडसँग बराबरीमा रोकियो

लिभरपुल युनाइटेडसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल १९ औं खेलमा बराबरीमा रोकिएको छ। गएराति लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरी खेलेको हो।

घरेलु मैदान एन्फिल्डमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले ५२ मिनेटमा गोल खाएको थियो।

ब्रुनो फर्नान्डेजको पासमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटमा लिभरपुलले गोल फर्कायो।

अलिस्टरको पासमा कोडी गाक्पोले गोल गरी लिभरपुललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए।

७०  मिनेटमा लिभरपुलले पाएको पेनाल्टी अवसरलाई मोहम्मद सलाहले सदुपयोग गरे।

युनाइटेडले १० मिनेटमै बराबरी गोल फर्कायो। ८० मिनेटमा युनाइटेडका अमद डियालोले गरेको गोल निर्णायक बनेपछि लिभरपुल र  युनाइटेडले अंक बाडेका हुन्।

१९ खेलबाट ४६ अंकसहित लिभरपुल शीर्षस्थानमा छ। एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ।

म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंक जोड्दै १३ औं स्थानमा छ।

सम्बन्धित् समाचार