गृहपृष्ठ Featured बाणगंगाको कार्यपालिका बैठक : नगरका ऐन पारित तथा संंशोधनका लागी नगरसभामा पेश गरिने

बाणगंगाको कार्यपालिका बैठक : नगरका ऐन पारित तथा संंशोधनका लागी नगरसभामा पेश गरिने

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यपालिकाको बैठकले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ ।

बैठकले सगंठनात्मक अध्ययन प्रतिवेदन (ओएनएन) कार्यपालिका बैठकमा प्रस्तुत भई नगरसभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

 

त्यस्तै पालिकाले स्वास्थ्य ऐन २०८१ पारित गर्नका लागी यही पुस २५ गते हुने १६ औँ नगर सभामा पेश गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।

त्यस्तै आर्थिक ऐन तथा संशोधन, बिनियोजन ऐन तथा संशोधनका लागी नगरसभामा पारित गर्न पेश गर्ने निर्णय भएको बताइएको छ ।

साथै २५ गते हुने नगर साभाको सम्पुर्ण तयारी पुरा भएको समेत प्रवक्ता पौडेलले जानकारी दिए ।

 

यसैबिच बाणगंगा नगरपालिकालाई दुधमा आत्मनिर्भर पालिका घोषणाका लागी नगरसभामा पेश गर्ने र नगर सभाबाट पारित भएपछि स्वीकृतका लागी कृषी तथा पशुमन्त्री मन्त्रालयमा पठाउने योजना रहेको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जानकारी दिए । साथै नगर सभामा बिशेष प्रस्ताव पनि पेश गरिने प्रमुख अर्यालले जानकारी दिए ।

 

सो अवसरमा नगर उप प्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले नगरको बिकासमा तिव्रता दिन चाल्नु पर्ने रणनिति तथा योजनाबारे आफनो भनाई राखेका थिए । बैठकमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार