गृहपृष्ठ Featured ‘कार्साङ’को अग्रिम बुकिङ खुला

‘कार्साङ’को अग्रिम बुकिङ खुला

काठमाडौं ।

चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्सलगायत केही मल्टिप्लेक्सले अग्रिम बुकिङ खुला गरेका हुन् ।

‘कार्साङ’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना देशभरका चेनमा ४९ शो दिएको छ । काठमाडौं उपत्यकाभित्रका आउटलेटमा २१ र उपत्यकाबाहिरका हलमा २८ शो उपलब्ध गराएको छ ।

एफक्यूबले ६ शो उपलब्ध गराएको छ । अन्य मल्टिप्लेक्सले बुकिङ खुला गर्न बाँकी छ ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’लाई यम शेर्पाले निर्देशन गरेका छन् ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

सम्बन्धित् समाचार