गृहपृष्ठ Featured महाराजगंजको विकासमा प्रदेश सरकारको साथ रहने मन्त्री राणाको प्रतिबद्धता

महाराजगंजको विकासमा प्रदेश सरकारको साथ रहने मन्त्री राणाको प्रतिबद्धता

कपिलवस्तु २४ पुस
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ( रोज राणा )ले महाराजगंजको विकासमा प्रदेश सरकरको साथ रहने प्रतिबद्धत ब्यक्त गरेका छन । महराजगंज नगरपालिकाले थालेको सडक पुर्वाधार लगायतका नगरको योजनाहरु पुरा गर्न प्रदेश सरकारको साथ रहने उनले बताए ।

 

महराजगंज नगर पालिकाको सभा हलमा १६ औ नगर सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । ‘ महराजगंज नगरपालिकामा बिकासले गति लिएका छन, सडक र पुर्वाधारका योजनाहरुमा प्रदेशले साथ दिन्छ ’ उनले भने । नगरको सुन्दरीकरण, पुर्वाधार विकासमा आफुले प्रदेश सरकारमा सक्दो कोशिश गर्ने बताए । उनले गनवरी देखि शान्ति नगर सम्मको थप ३ किलो मिटर सडक निर्माणमा आफुलागी पर्ने बताए ।

 

५ किलो मिटर नगरपालिकले निर्माण गरीरहेको छ त्यसमा भारतीय सिमा सम्म पुग्न बाकी रहेको ३ किलो मिटर पुरा गर्न मन्त्रालयको हर तरहले पहल गर्ने उनले बताए । सो अवसरमा मेयर अब्दुल कलाम खाँले महराजगंजले बिगत ७ बर्ष देखि नै किचडमुक्त अभियान अन्र्गत गाउ गाउमा पक्की पिच निर्माणलाई अघि बढाएको बताए । आफु दोश्रो र अन्तिम कार्यकाल मेयरकारुपमा रहेकोले अब नगरको विकास नै आफनो प्रमुख ध्याय रहेको बताए । उनले १५ बेडको अस्पताल सहीत ४ वटा स्वास्थ्य चौकीका भवन उदघाट गर्ने तयारी रहेको र नगर भित्र रहेको बिद्यालयहरुको पुवाधार विकासमा समेत अभियान नै चलाएको उनले बताए । शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई नगरले प्रमुखताकासाथ अघि बढाएका बताए ।

उनले न्युन आन्तरिक आयका कारण विकास निर्माणका बाधा परकोले संंघीय र प्रदेश सरकरले आफनो पालिकालाई ठोस सहयो गर्नु पर्ने उनले बताए । यसै बिच मन्त्री थापाले महराजगंज नगरपालिकाको निर्माणााधीन १५ बेड अस्पताल सहीतका नगर भित्र शहरी मन्त्रालयको सहयोगमा निर्माण गरिएको सडक लगायतका पुर्वाधारहरुको समेत निरिक्षण समेत गरेका छन ।

 

 

सम्बन्धित् समाचार